२३ जेठ २०८३, शनिबार

विगत ९६ वर्षदेखि कपाल काटिरहेका छन् यी हजाम, थाक्ने कुरै छैन

मंसिर २३, २०७५
विगत ९६ वर्षदेखि कपाल काटिरहेका छन् यी हजाम, थाक्ने कुरै छैन

काठमाडौं — अमेरिकाको एक स्यालोनमा कपाल काट्ने १०७ वर्षीय एन्थोनी म्यानसिलेनी आकर्षणका केन्द्र हुन् । 

विगत ९६ वर्षदेखि उनी कपाल काट्दै आएका छन् । आजभन्दा ११ वर्षअगाडि नै उनको नाम गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा दर्ता गराइएको थियो । 

एन्थोनीले ११ वर्षको उमेरदेखि कपाल काट्न शुरू गरेका थिए । 

अब त घरमा बसेर आराम गरे हुन्न र भन्ने प्रश्नमा एन्थोनी भन्छन्, ‘म किन रिटायर हुने ? म अहिले पनि निकै काम गर्न सक्छु । घरमा बस्दा म बोर हुन्छु ।’

एन्थोनी हप्तामा पाँच दिन स्यालोनमा आठ घन्टा काम गर्छन् । 

लामो जिन्दगीको रहस्यका बारेमा सोध्दा उनी भन्छन्, ‘म आफ्नो कामलाई माया गर्छु । शायद त्यसैले मलाई जवान राख्छ ।’

एन्थोनी भन्छन्, ‘६९ वर्षअघि मेरो बिहे भएको थियो । १४ वर्षअघि पत्नीको मृत्यु भयो । म उसलाई खुबै मिस गर्छु ।’

एन्थोनीका नियमित ग्राहक क्रिस ड्युन भन्छन्, ‘यो उमेरमा पनि उहाँको काम शानदार छ । उनीसँग कहिल्यै केही गुनासो रहेन ।’

सन् २००७ मा गिनिज बूकमा नाम दर्ता भएपछि अनेकौं हस्तीले उनको नाममा पत्र लेखेका छन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेलले पनि उनलाई पत्र लेखेका छन् । 

एन्थोनीको स्टेट बार्बर लाइसेन्स सन् २०२० को अक्टोबर ३१ मा सकिनेछ । तर उनको स्वास्थ्यस्थिति हेर्दा उनले लाइसेन्स त्यसअघि नै नवीकरण गराउन सक्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्