२३ जेठ २०८३, शनिबार

संघीयताबारे प्रधानमन्त्री ओली : नयाँ खेल हो, च्याम्पियन बन्नुपर्छ

मंसिर २३, २०७५
संघीयताबारे प्रधानमन्त्री ओली : नयाँ खेल हो, च्याम्पियन बन्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई नयाँ खेलको रुपमा अथ्र्याउनुभएको छ । संघीयता नयाँ खेल भए पनि यसमा च्याम्पियन बन्नैपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

आइतवार अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा रहेकाले आफ्ना अनुभवबाट सिक्दै यसलाई मजवुद बनाउनु पर्नेमा जोड दिनुभयो । 

‘मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवासजस्ता कुराहरु केही समय अगाडिसम्म हाम्रो सोचमा थिएनन् । अहिले तिनलाई व्यहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस भएको होला,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खेलमा पस्नेबित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ। हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । यसमा हामी च्याम्पियन सावित हुनैपर्छ ।’

प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनका लागि गलत बाटोमा नगएपनि सरकारले गति भने बढाउनुपर्ने बताउनुभयो । 

सातवटै प्रदेशका मुख्यमन्त्री सम्मेलित आइतावरको वैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राखे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमवारको वैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्