०३ साउन २०८३, आइतबार

साताको पहिलो दिन १०.८५ बिन्दुले बढ्यो नेप्से

मंसिर २३, २०७५
साताको पहिलो दिन १०.८५ बिन्दुले बढ्यो नेप्से

काठमाडौँ– धितोपत्र बजारमा साताकाे पहिलाे दिन अाइतवार शेयरको मूल्यमा वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर  ११३१.७ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ बिन्दुले बढेर २४१ दशमलव ०२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भएको छ । 

कारोवार भएका उपसमूहमध्ये वित्त र उत्पादन उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव २४ र उत्पादन १० दशमलव ०३ बिन्दुले घटेको हो । 

यस्तै बैंकिङ १३ दशमलव ५१, व्यापार दुई दशमलव २, होटल आठ दशमलव ९५, विकास बैंक १२ दशमलव ०९, जलविद्युत् ११ दशमलव १, निर्जीवन बीमा ३९ दशमलव ८९, अन्य ४ दशमलव १२, माइक्रोफाइनान्स ४ दशमलव ९६ र जीवन बीमा ६ दशमलव ६४ बिन्दुले बढेको छ । 

salt training

कमेन्ट गर्नुहोस्