२२ जेठ २०८३, शुक्रबार

नवजात शिशु हत्याको अभियोगमा पक्राउ

मंसिर २३, २०७५
नवजात शिशु हत्याको अभियोगमा पक्राउ

संखुवासभा–अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु हत्या गरेको अभियोगमा खाँदबारी नगरपालिका ६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले डोकोभित्र राखेको मृत बालिका शिशुसहित उनलाई पक्राउ गरेको हो । उनका श्रीमानको डेढ वर्ष पहिले  मृत्यु भएको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्