०५ असार २०८३, शुक्रबार

चिडियाखानाका जन्तुको प्रजनन अधिकार हनन

मंसिर २४, २०७५
चिडियाखानाका जन्तुको प्रजनन अधिकार हनन

 काठमाडौं–थाइल्यान्डले एक अर्को मुलुकमा जीवजन्तु आदान–प्रदान गर्ने उद्देश्यका साथ २०५९ वैशाखमा एकजोडी जलगैंडा सदर चिडियाखानालाई उपलब्ध गरायो ।
नेपालमा नभएको सो जन्तुको संख्या विस्तार हुने धेरैको अपेक्षा थियो तर ८ वर्षअघि बयस्क पोथी र ७ वर्ष अघि भाले वच्चा मरेपछि अहिले चिडियाखानामा जलगैंडा एक्लै छ । चिडियाखानाकै अर्को आकर्षण ‘चाइनिज इलिगेटर’ (गोही) जोडीविहीन बनेको साढे ५ दशक नाघिसकेको छ ।
 छिमेकी मुलुक चीनले २०१९ मा उपहारस्वरुप प्रदान गरेको सो गोही त्यही बेलादेखि एक्लै छ ।

जलगैंडा र चाइनिज एलिगेटर प्रतिनिधि उदाहरण मात्रै हुन्, जोडीविनाका जीवजन्तु चिडियाखानामा दर्जनौं छन् । जीवजन्तुले चाहेको आहरा खाने÷खुवाउने अनि नियमित औषधि उपचारको व्यवस्था भए पनि आफ्ना दौंतरी र जोडी नहुँदा चिडियाखाना जीवजन्तु खुलेर रम्न पाएका छैनन् । जोडी बाँध्ने पहल अघि नबढाइँदा धेरै जन्तुको प्रजनन अधिकार समेत हनन भएको छ ।

मलेसियाबाट २०५७ भदौ अन्तिम साता ल्याइएको एक जोडी सिमाङ्ग (वन मान्छे) ले चिडियाखानामा दुईपटक वच्चा जन्माउँदा चर्चा निकै बटुलेको थियो । तर ८ वर्षअघि रोग संक्रमणले पोथी मरेपछि हाल वनमान्छेका बाउ÷छोरा मात्रै छन् । चिडियाखानाले संख्या थप्ने पहल अघि नबढाउँदा त्यसयता न बाउले नयाँ जोडी पाएको छ न त छोराले नै । जोडीविहीन जन्तुलाई जोडी बाँध्ने र दौंतरी थप्ने रहर हुँदाहुँदै पनि कानुनी र अन्य व्यावहारिक कठिनाइले सम्भव नभएको चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवीप्रसाद पोखरेल बताउँछन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्