
काठमाडौं — अमेरिकाको मिसिसिपीमा संसारको सबभन्दा सानो गाई फेला परेको छ । गाईको तौल जम्मा साढे चार किलो छ ।
गाईलाई मिसिसिपी स्टेट विश्वविद्यालयको पशुचिकित्सालय कलेज लगिएको छ ।
गाईका मालिक उसको कम तौल देखेर छक्क परे र मेडिकल कलेजमा उपचारका लागि लगे । कलेजमा मेडिकल जाँचपछि स्पष्ट भयो, गाईको तौल सामान्य गाईको तुलनामा एकदम कम छ तर सानो गाई पूरै स्वस्थ छ ।
जनावरहरूको विशेषज्ञ चिकित्सकले गाईको बारेमा फेसबूक पेजमा लेखेपछि मानिसहरूले उसप्रति प्रेम दर्शाए । मानिसहरू यो गाईको फ्यान भए ।
मेडिकल टीमले फेसबूक पेजमा लेख्यो, ‘हामीले पाएको यो केसले हामीलाई छक्कै बनायो । लिटल बिल नामक यो गाई सामान्य गाईको भन्दा १० गुणा कम तौल छ ।’
गाईको तस्वीर फेसबूकमा राखिएपछि केही घन्टाभित्रै ह्याशट्याग लिलबिल ट्रेन्डिङमा आइहाल्यो । मानिसहरूले गाई एकदमै क्युट भएको भन्दै प्रशंसा गरे ।
मेडिकल टोलीले मानिसका तर्फबाट उत्साहजनक प्रतिक्रिया पाएपछि लिटल बिलका सम्बन्धमा समय समयमा जानकारी दिइने लेख्यो ।
टीमले लेख्यो, ‘लिटल बिललाई यति धेरै प्रेम दिनुभएकोमा धन्यवाद । उसको तौल जम्मा १० पाउन्ड छ । हामी उसका बारेमा अप्डेटहरू दिइरहन्छौं ।’
एजेन्सी