०१ असार २०८३, सोमबार

किन हट्यो ओपेकबाट कतार ?

मंसिर २४, २०७५
किन हट्यो ओपेकबाट कतार ?

काठमाडौं — कतारले तेल निर्यातक राष्ट्रहरूको समूह ओपेकबाट अलग्गिने निर्णय किन लियो होला ? साउदी अरबको अगुवाइमा रहेका केही खाडी मुलुकबाट कतार टाढा भएको त अवश्य हो । तर यसले अर्को संकेत पनि दिएको छ । 

तेल उत्पादन एवं मूल्य निर्धारणमा समस्या र संसारभरि नवीकरणीय ऊर्जातर्फको आकर्षण वृद्धिका कारण ओपेकको दबदबा घटेकाले कतारलाई अलग्गिने निर्णय लिन सहज भएको हो । 

ओपेक सदस्य मुलुकहरूमा प्रचुर मात्रामा तेल पाइन्छ । सन् १९६० मा तेल उत्पादन र मूल्य निर्धारण जस्ता विषयमा कुराकानीका लागि ओपेक गठन गरिएको थियो ।

सन् २०१७ मा ओपेकका १५ सदस्य देशसँग संसारभरि कुल तेल उत्पादनको ८२ प्रतिशत हिस्सा थियो । अघिल्लो वर्ष ती देशले संसारको कुल ४३.५ प्रतिशत तेल उत्पादन गरेको हुन्  । 

ओपेकको प्रमुख लक्ष्य सदस्य देशको हित संरक्षण र तेल निर्यातमा लाभ वृद्धि हो । तर ओपेकले पश्चिमी देशहरूसँग सम्बन्ध विस्तार गरेर तेललाई हतियारको रूपमा प्रयोग गर्ने गरेको आरोप  आलोचकहरूले लगाउने गरेका छन् । 

उदाहरणका लागि, सन् १९७३ मा इजरायलले सिरिया र इजिप्टसँग योम किप्पुर युद्ध गरेपछि ओपेकले इजरायललाई समर्थन गर्ने पश्चिमी देशहरूलाई तेल बेच्न अस्वीकार गरेको थियो । 

ओपेकको उक्त कदमले तेल संकट उत्पन्न भएको थियो र तेलको मूल्य चौगुणा बढेको थियो । अमेरिकाले त्यसपछि साउदी अरबसँग सम्बन्ध विस्तार गरेर पश्चिम एसियाको राजनीतिमा हस्तक्षेप बढाएको थियो । 

कतारलाई साउदी अरबसँग सम्बन्ध बिग्रिएकाले असर पारिरहेको थियो । कतारले ओपेक देशको कुल तेल उत्पादनमा जम्मा २ प्रतिशत योगदान गर्छ । त्यसैले ओपेकको नीतिगत निर्णयमा कतारको विचारलाई मतलब गरिँदैन । 

अर्कोतर्फ कतार प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो । यसरी उसको अर्थतन्त्र तेलमा निर्भर छैन । अनि उसलाई ओपेकबाट निस्कन खासै गाह्रो नभएको हो ।

ओपेकबाट पहिले पनि केही सदस्य राष्ट्रहरू निस्किसकेका छन् । सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुएलाले ओपेक गठन गरेका थिए । पछि अनेकौं देश सदस्य बने र पछि निस्किए पनि । अहिले ओपेकमा
जम्मा १५ सदस्य छन् । 

ओपेकले विश्वव्यापी ऊर्जा बजारमा बनाएको प्रभाव सन् १९७० को तुलनामा घटेको छ । गाडीमा पेट्रोलियम मात्र इन्धनको साधन हैन । 

अनि कच्चा तेल १०० डलर प्रतिब्यारेल पुगेपछि अमेरिकी शेल ओयल प्रोडक्सनलाई वरदान साबित भयो । आँकलनअनुसार, अमेरिका तेल उत्पादनको मामिलामा छिट्टै साउदी अरब र रुस दुवैलाई पछि पार्ने सम्भावना छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्