०३ साउन २०८३, आइतबार

संविधान संशोधनको आशामा मधेशी मोर्चा

कात्तिक २०, २०७४
संविधान संशोधनको आशामा मधेशी मोर्चा

काठमाडौँ, २२ फागुन - संविधान संशोधन र स्थानीय चुनावलाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच केही दूरी बढे पनि सहमति हुने सम्भावना अझै टरेको छैन । सरकारले संविधान संशोधन गर्ला भन्ने आशामा मधेशी मोर्चा अझै बसेको देखिन्छ, आजको गोरखापत्रमा खबर छ |madhesi_morcha
त्यस्तो सम्भावना माओवादी केन्द्रले देखाएको छ । माओवादी केन्द्रको शनिबार बसेको हेडक्वाटर बैठकले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको सन्दर्भमा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनको सहज वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल एमाले, मधेशी मोर्चा, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक लगायतका दलसँग संवाद जारी राख्ने निर्णय गरेको छ ।
सरकारको नेतृत्वसमेत गरेको माओवादी केन्द्रको यस्तो निर्णयले दलहरूबीचमा सहमति हुने आशा जगाएको हो । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले चुनाव अगावै संशोधन विधेयक पारित गराउन सरकारले पहल गर्नुपर्छ र त्यसका लागि राप्रपा, एमाले, फोरम लोकतान्त्रिकलगायतका दलसँग छलफल गर्ने निर्णय भएको जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्