२३ जेठ २०८३, शनिबार

‘सास फेर्नै गाह्रो भो’ – यस्तो थियो खशोग्गीको अन्तिम शब्द

मंसिर २४, २०७५
‘सास फेर्नै गाह्रो भो’ – यस्तो थियो खशोग्गीको अन्तिम शब्द

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्यासँग जोडिएको नयाँ अडियो टेप सार्वजनिक भएको छ । त्यसमा उनले बोलेको अन्तिम शब्द रेकर्ड भएको छ । 

अनुसन्धानमा संलग्न एक सूत्रका अनुसार, खशोग्गीले मर्नुअघि ‘सास फेर्न गाह्रो भयो’ भन्ने वाक्य बोलेका थिए । सूत्रले खशोग्गीको भयानक हत्याका बेलामा रेकर्ड भएको अडियो टेपको ट्रान्सक्रिप्टको अनुवाद पढेर सुनाए । 

सूत्रका अनुसार, खशोग्गीको हत्या अचानक गरिएको थिएन । यसलाई पहिलेदेखि नै योजना बनाएर कार्यान्वयन गरिएको थियो । 

हत्याका विषयमा क्षण क्षणको जानकारी दिनका लागि अनेकौं फोन गरिएको पनि स्रोतले बतायो । 

टर्कीका अधिकारीहरूले यस हत्याको जानकारी साउदीका शीर्ष अधिकारीहरूलाई फोनमार्फत लगातार दिइएको बताएका छन् । अडियो ट्रान्सक्रिप्ट पढ्दा खशोग्गीले अन्तिम क्षणमा निकै संघर्ष गरेको र उनलाई मार्नका लागि
हत्याराहरूले धेरै प्रयास गर्नुपरेको देखिन्छ । 

त्यही क्रममा उनले सास लिन नसकेको बताए । 

अडियो टेपमा खशोग्गीको शरीर टुक्राटुक्रा पारिएको आवाज पनि सुनिन्छ । हत्याको आवाज बाहिर नपुगोस् भनी हत्याराहरूलाई संगीत बजाउन पनि आदेश दिइएको थियो । 

सूत्रहरूका अनुसार, साउदी युवराज मोहम्मद बिन सलमानले नै खशोग्गीको हत्याको आदेश दिएका हुन् । 

यो खुलासापछि ट्रम्प प्रशासनमाथि दबाब बढ्ने सम्भावना छ । ट्रम्प प्रशासनले सलमानलाई हत्यासँग नजोड्ने निर्णय लिएको छ । यस विषयमा ट्रम्पले सीआर्ईएसँग पनि मतभेद राखेका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्