०३ साउन २०८३, आइतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

मंसिर २४, २०७५
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं -  बाँके, गोरखा,रौतहट, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

बाँके बैजनाथ गाउँपालिका-१ देउराली डाँडास्थित सडकमा भे१ त ५८३२ नम्बरको  ट्याक्टर सोमबार बिहान बाटोमा पल्टिएरदुर्घटनाहुँदाट्याक्टर चालक सुर्खेत भेरीगंगा नगरपालिका(१३ बस्ने २२ वर्षीय बिनोद भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।   

गोरखा सिरानचोक गाउँपालिका- २ थालाजुङस्थित सडकमा ना।१ क ६४७७ नम्बरको ट्रिपरसोमबार बिहान अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा टिपरमा च्यापिएरट्रिपर चालकहाल वतन नखुलेका ३२ वर्षीय वीरबहादुर स्याङताङको घटनास्थलमै मृत्यु भएको छ । 

रौतहट इशनाथ नगरपालिका-५ लक्ष्मिनिया गाउँस्थित नहरमा ना ६ त २५८३ नम्बरको ट्याक्टरलेसोही ठाउँ बस्ने नजामु दिनको ६ वर्षीय छोरा षेख प्रवेजलाई बाटो काट्ने क्रममाठक्कर दिँदा सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । 

मोरङ कटहरी गाउँपालिका- ४ नया बजारस्थित सडकमा को १ त ३७६८ नम्बरको ट्रयाक्टरसोमबार दिउसो दुर्घटना हुँदा पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका ट्रयाक्टरमाकाम गर्ने सोही ठाउँ बस्ने २२ वर्षीय  महमद साकुलाकोगोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालकफरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।  

झापा कमल गाउँपालिका-५ स्थित पूर्व(पश्चिम राजमार्गमा को१क २३९० नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेकी पैदलयात्रीकरिब ५५ वर्षीयामहिलाको लाईफ लाईनअस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्