२७ जेठ २०८३, बुधबार

नख्खु कारागारका कैदीबन्दीमा छालाको समस्या

मंसिर २४, २०७५
नख्खु कारागारका कैदीबन्दीमा छालाको समस्या

ललितपुर– नख्खु कारागारमा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ । 

छालाको रोग चाँडो सर्ने भएकाले कैदीबन्दी यसबाट पीडित भइरहेको कारागारले बताएको छ । एउटै कोठामा धेरै जनासम्म बस्ने हुँदा रोग चाँडो फैलिएको कारागारमा कार्यरत स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताइन् । उनले भनिन्, “यहाँका कैदीबन्दीमा दादलगायत छालाका समस्या बढी पाइएको छ ।” 

कारागारको क्षमता वृद्धि र कारागारभित्रै मनोसामाजिक अस्पताल बन्दा यहाँ बिरामीको चाप बढेको हो । चार–पाँच महीना पहिलेसम्म आठ सयको हाराहारीमा कैदीबन्दी भएकामा अहिले यो सङ्ख्या एक हजारको हाराहारीमा छ । उनले भनिन्, “यहाँको बसाइ जति सघन हुन्छ, सरुवा रोग उति चाँडो फैलन्छ ।” 

कैदीबन्दीको सामान्य रोगको यहाँका स्वास्थ्यकर्मीले उपचार गर्ने र यहाँ सम्भव नभएको उपचार स्वास्थ्यकर्मीले सिफारिश गरेपछि वीर अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, तिलगङ्गा आँखा अस्पताललगायत सरकारी अस्पतालबाट उपचार हुँदै आएको छ ।

कारागारमा आएपछि मानसिक रोगबाट पीडित भएकालाई उपचारका लागि बन्दै गरेको मनोसामाजिक अस्पतालका लागि कारागार व्यवस्था विभागले दरबन्दी छुट्याएको छ । कारागारमा मासिक रुपमा मनोरोग विशेषज्ञले जाँच गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्