२६ जेठ २०८३, मंगलबार

स्वयम्भूमा गोली हानाहान, यसरी भयो घटना

कात्तिक २०, २०७४
स्वयम्भूमा गोली हानाहान, यसरी भयो घटना
काठमाडौं, २२ फागुन- प्रहरीलाई शुक्रबार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर कहिले गोंगबु, कहिले हलचोक त कहिले सतुंगल बोलाए । तर, आफूले बोलाएको ठाउँमा भेट्न मानेनन् । प्रहरी शुक्रबार रातभर विभिन्न ठाउँमा अपहरणकारीका आफन्तलाई लिएर पुग्यो, तर उनीहरूले भेट्न मानेनन् । पैसाका साथै प्रहरी पनि लिएर आएको आशंकामा भेट्न डराए । राति ११ बजे शनिबार भेटेर पैसा लिने र अपहरणकारीलाई रिहा गर्ने सहमति भयो, आजको नयाँ पत्रिकामा खबर छ ।gun_1

बिहानै भेट्ने सहमति भएकोमा दिउँसो मात्र भेट्न उनीहरू तयार भए । स्वयम्भूको भगवानपाउमा फिरौती लिएर आउन भने । प्रहरी आउन सक्ने डरले अपहरणकारीमध्ये जीवन भनिने दुर्गाबहादुर तामाङ पेस्तोल लिएरै गएका थिए । पीडितका आफन्तसँगै पछाडि सादा पोसाकका प्रहरीसमेत देखेपछि उनी फायर गरेर भाग्न खोजेका थिए, तर प्रहरीको काउन्टर फायरमा गोली लागेर उनी ढले । तिघ्रामा गोली हानेर प्रहरीले उनलाई नियन्त्रणमा लियो । उनी पक्राउ परेलगत्तै वीरबहादुर तामाङ, सचिन खवास र पदमबहादुर तामाङ पक्राउ परेका छन् ।

अपहरणमा परेका मानदोर्जे तामाङ, कुमार तामाङ र विशाल तामाङ प्रहरीले उद्धार गरेको छ । महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले पीडितहरूको सकुशल उद्धार गरी अपहरणकारीहरूलाई पक्राउ गर्न सफल भयो । गोली लागेर घाइते तामाङको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीका अनुसार अपहरणमा ६ जनाको समूह संलग्न थियो, जसमध्ये पाँचजना नुवाकोट हुन् । मानदोर्जे, कुमार र विशाल व्यापार गरेर पैसा कमाउन थालेको उनीहरूले सुनेका थिए । तीनैजना बिहीबार नुवाकोटबाट फर्कंदै थिए । बालाजुको गंगा हल नजिकै आइपुगेपछि उनीहरूले व्यापारबारे सल्लाह गर्न भन्दै नजिकैको होटलमा लिएर गए । होटलको कोठामा पुर्‍याएपछि हतियार देखाएर बन्धक बनाए । सुरुमा उनीहरूको मोबाइल र पैसा लुटेकोमा बन्धक बनाएर आफन्तलाई फोन गर्न लगाई थप पैसा मागेका थिए । अपहरणमा परेकामध्ये मानदोर्जेसँग पैसा भएकाले उनलाई लक्षित गरी अपहरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्