क्वालालम्पूर, २२ फागुन- उत्तर कोरयाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक संकट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूत रि थोङलाई देश निकाला गरिएको छ । अन्नपूर्ण पोस्टले खबर छापेको छ ।

नाम हत्याकाण्ड पछि उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौत्य सम्बन्ध बिग्रनुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध सुरु भएको थियो ।
मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए ।
उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उनको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका थिए ।
मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ ।