
काठमाडौँ–सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।
नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।, नेपाल समाचारपत्रमा खबर छ ।