काठमाडौं, २२ फागुन- बारामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणमा निर्माण गरिने विकासको विस्तृत डिजाइनसहित गुरुयोजना बनाउने तयारी थालिएको खबर नयाँ पत्रिकामा छापिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काम अगाडि बढाउन परामर्श सेवा लिने गरी कम्पनी छनोट प्रक्रिया थालेको हो ।
प्राधिकरणले इच्छुक परामर्शदाता कम्पनीबाट ९ चैतसम्म दिन सकिने गरी आशय प्रस्ताव आह्वान गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसम्बन्धमा कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अहिले उक्त अध्ययन ग्रहण गर्ने प्रक्रियामा छ ।