काठमाडौं– सरकारले शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी गरेको छ ।
७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका वर्षहरूमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी गराउनु भएको हो ।
शीतलहरका कारण बर्षेनी तराइ क्षेत्रमा मानिसको ज्यान जाने गरेको छ ।