
सोमवार अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसर पारेर काठमाडौं दरबार स्कायर,बसन्तपुरमा केएमसि एलम्नि एसोसिएशन अन्तर्गतको लिगल सेक्टर द्वारा आयोजित "परिवारको साथले उठेको मेरो आवाज" शिर्षकको सडक नाटक मञ्चन सहित कविता वाचन, हस्ताक्षर संकलन र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं स्कुल अफ ल मा बिएएलएलबि मा अध्ययनरत अंकिता त्रिपाठीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमले विशेष गरि सार्वजनिक यातायातमा महिला माथि हुने यौन दुर्व्यवहारलाई प्रकाश पार्दै कसरी त्यस विरुद्ध परिवार र समाजको सहयोगले उठ्न सकिन्छ भन्ने बारेमा सन्देश दिएको थियो। निर्मलाहरुको न्यायका निम्ति कार्यक्रमको अन्तिममा दिपप्रज्वलन र मौनधारण समेत गरिएको थियो।
सयौंको संख्यामा उपस्थित दर्शकहरुले ताली बजाएर हौसला प्रदान गर्नुभएको थियो।समाज रुपान्तरणमा आउन सक्ने कानूनी जटीलताहरुका सम्बन्धमा अधिवक्ता प्रपोसा केसि द्वारा प्रकाश पार्दै ,आफू माथि पर्ने जुन सुकै अत्यचारका विरुद्ध जाहेरी दिन समेत आग्रह गर्नुभएको थियो।
"के हो युद्ध?
के हो विद्रोह?
के हो संघर्ष?
के हो पहिचान?
आउ सबै मिलि
अनिश्चितताको कालो बादल हटाएर
अञ्जुलीबाट सेतो परेवा उडाउ
आउ
तिमी मेरो गीता पढ
म तिम्रो कुरान पढ्छु
म तिम्रो बाइबल पढ्छु
अनि मानवता नै सर्वश्रेष्ठ धर्म हो
यहि कुरा विश्वभरि पढाउछु।।"
कवि अच्युत शाली घिमिरेले यिनै कवितामार्फत मानवाधिकार जगेर्ना गर्न विश्वलाई नै अपिल गरेका थिए।

