काठमाडौँ, २२ फागुन- भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।

ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर आठ महिनाअघि विनियोजित रकम खर्च गर्नु त टाढाको कुरा, कुन–कुन विद्यालय बनाउने भन्ने योजनासमेत बनेको छैन । विनियोजित बजेट शिक्षा मन्त्रालयको खातामै थन्किएको छ । बेलैमा विद्यालय नबन्दा बालबालिका छाप्रोमा पढ्न बाध्य छन्, आजको कान्तिपुरमा खबर छ ।