२३ जेठ २०८३, शनिबार

बालविवाह रोक्न किशोरी आमा

कात्तिक २०, २०७४
बालविवाह रोक्न किशोरी आमा


दाङ, २२ फागुन - बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन् । जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन् ।

जिल्लामा रहेको ओरेक नेपालले सञ्चालन गरेको अभियानअन्तर्गत ‘जसको सवाल उसको अगुवाइ’ भन्ने मूल नाराका साथ बालविवाह निरुत्साहित अभियान सुरु गरिएको हो । विवाहित किशोरी आमालाई मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सचेतना दिएर दाङका नगरपालिका र गाविसमा गरी १० वटा विवाहित किशोरी आमा समूह निर्माण गरेको र उनीहरुमार्फत सचेतना दिन सुरु गरेको ओरेक नेपालका जिल्ला संयोजक तुलसा गिरीले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्