१२ असार २०८३, शुक्रबार

कसको मर्यादाक्रम कस्तो ? श्रीमान् र श्रीमतीलाई समान सम्मान

मंसिर २६, २०७५
कसको मर्यादाक्रम कस्तो ? श्रीमान् र श्रीमतीलाई समान सम्मान

काठमाडौँ –सरकारले झण्डै एक वर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टीहरू आइरहेका छन् । यसरी असन्तुष्टी जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन ।
 यसमा पुनरवलोकन हुनुपर्ने उनको माग छ । 

नुवाकोटको शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीको यस्तै गुनासो छ । उनलाई पनि आफ्नो मर्यादाक्रमप्रति चित्त बुझेको छैन । जिम्मेवारीमात्र बढी भएको र मर्यादामा बेबास्ता गरिएको बताउने उपाध्यक्ष केसी आफ्नो मर्यादाक्रम गाउँपालिकाका अध्यक्षसरह हुनुपर्ने जीकिर गर्छिन् ।

स्मरणीय छ, गाउँपालिकाका अध्यक्षको मर्यादाक्रम २१ र उपाध्यक्षको २२ छ । 

यसैबीच उक्त मर्यादाक्रममा पदाधिकारीका पति वा पत्नीलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा भने दुवैको मर्यादाक्रम पदाधिकारीसरह नै हुने उल्लेख छ ।

२०७४ माघ २६ गते सार्वजनिक गरिएको उक्त मर्यादाक्रमको सङ्ख्या २७ रहेको छ । यसअनुसार राष्ट्रपतिको मर्यादाक्रम एक नम्बरमा हुन्छ भने २७ औँ नम्बरमा सहायक सेनानी पर्दछन् । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्