०५ असार २०८३, शुक्रबार

दुई प्रहरीको हत्या

कात्तिक २०, २०७४
दुई प्रहरीको हत्या
गुवाहाटी, ३० मङ्सिर - भारतको उत्तरपश्चिमी राज्यमा बिहीबार सशस्त्र विद्रोहीहरुले एक राजमार्गमा गरेको एम्बुस आक्रमणमा दुई भारतीय प्रहरीको मृत्यु भएको छ ।
सो क्षेत्रमा निर्वाचित एक प्रमुख व्यक्तित्वको भ्रमणको क्रममा केही समय अगाडि जम्मा भएका समूहमाथि भएको आक्रमणमा परी ती दुई प्रहरीको मृत्यु भएको जनाइएको छ ।
मणिपुर राज्यको लोकचाओ क्षेत्र अर्थात म्यानमारको सीमा क्षेत्रमा रहेको यस इलाकामा भएको आक्रमणमा परी अन्य पाँच प्रहरी अधिकारी घाइते प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।
सो घटनाको कारण माणिपुर राज्यमा प्रहरी प्रमुख ओक्राम इबोबी सिंह आफ्नो भ्रमण पनि रद्द गरेका छन् । गत हप्ता उनी पनि एक आक्रमणबाट बचेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्