२५ जेठ २०८३, सोमबार

क्रिसमस मार्केट नजिकै गोली चल्यो : दुई जनाको मृत्यु, १२ घाइते

मंसिर २६, २०७५
क्रिसमस मार्केट नजिकै गोली चल्यो : दुई जनाको मृत्यु, १२ घाइते

काठमाडौं– फ्रान्सको पूर्वी शहर स्ट्रासबर्गमा अन्धाधुन्ध गोली प्रहार भएको छ । घटनामा कम्तिमा दुईजनाको मृत्यु भएको छ । अरु १२ जना घाइते भएका छन् ।

घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले उल्लेख गरेको छ । क्रिसमस मार्केट नजिकैको व्यस्त बजारमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । भाग्दै गरेका ती बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । जवाफी कारवाहीको क्रममा बन्दुकधारी पनि घाइते भएको प्रहरीले जनाएको छ । 

स्ट्रासबर्गकै २९ वर्षका आक्रमणकारीले आतंकवादी गतिविधि गर्न सक्ने भन्दै सुरक्षा निकायमा यसअघि नै सूचना थियो र निगरानी पनि भइरहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्