नयाँदिल्ली — आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रूपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का व्यहोरेको छ ।
राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निराशाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ । पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । यी तीनै राज्यमा उसले नमिठो हार व्यहोरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।