१६ असार २०८३, मंगलबार

चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

मंसिर २६, २०७५
चिसो बढेसँगै बिरामीको सङ्ख्या वृद्धि

बाजुरा- चिसो बढेसँगै जिल्ला अस्पताल मार्तडीमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । 

अहिले दिनहुँ ५० देखि ६० बिरामी आउने गरेका छन् । यसअघि दैनिक १० देखि २० को सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादवले जानकारी दिनुभयो ।

जाडो बढेसँगै जिल्लाका विभिन्न ठाउँबाट दम, खुट्टा सुन्निने, पेट सुन्निने, निमोनियालगायत रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । 

चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । मङ्सिर दोस्रो सातापछि बाजुरामा चिसो निकै बढेको छ । जिल्ला अस्पतालका चिकित्सक डा टीकाराम राईले जाडोको समयमा बालबालिका र वृद्धवृद्धाको विषेश हेरचाह गर्न सुझाव दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्