३१ जेठ २०८३, आइतबार

कपिल शर्माको विहे आज, सामाजिक सञ्जालमा लाइभ हेर्न पाइने !

मंसिर २६, २०७५
कपिल शर्माको विहे आज, सामाजिक सञ्जालमा लाइभ हेर्न पाइने !

चर्चित कमेडियन कपिल शर्मा आफ्नी प्रेमिका गिन्नी चतरथसँग आज विवाह बन्धनमा बाँधिदैछन् । विवाहको कार्यक्रम शुरु भएको छ । कपिलका केही नजिकका साथी विवाह कार्यक्रममा सहभागी हुन पुगेका छन् । उनको विवाह पूर्वको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । 

विवाहमा सहभागी हुन सुमोना चक्रवर्ती, राजीव ठाकुर तथा गायिका ऋचा शर्मा पुगेका छन् । यस बीच कपिल शर्माले मस्ती गरेको फोटो बुधबार विहान सामाजिक सञ्जालमा देखिएको छ । परिवारका अलावा कपिलको कमेडी शो, द कपिल शर्मा शो को पूरै टीम कपिलको घर अमृतसर पुगेका छन् । 

कपिल तथा गिन्नीको विवाह दुई रिवाज अनुसार हुने छ । आज जालंधरमा हिन्दू रीति अनुसार उनीहरुको विवाह नुे छ भने भोलि शिख रीति रिवाज अनुसार विवाह हुने समाचारहरु सार्वजनिक भएका छन् । 
पञ्जावको जालन्धर गिन्नीको घर भएको शहर हो । 

कपिलको विवाहको सामाजिक सञ्जालमा लाइभ हुने छ । विवाह यू ट्युव तथा इन्सटग्रामा लाइभ हेर्न सकिने छ । कपिलकासाथीहरुले यसको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

विवाह पछि कपिल शर्मा अमृतसरमा १४ डिसेम्बरमा एक रिसेप्शन आयोजना गर्ने छन् । जसमा उनका नजिकका साथी तथा रिस्तेदार सहभागी हुनेछन् । पार्टी यसै महिनाको २४ डिसेम्बरमा मुम्बइमा आयोजना हुनेछ । समाचारहरुका अनुसार मनोरञ्जन तथा विजनेश क्षेत्रका हस्तीहरु यो पार्टीमा सहभागी हुने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्