२७ जेठ २०८३, बुधबार

‘यात्रा’को डबिङमा सलिनमान, भन्छन् –‘दोस्रो चलचित्रमा आफूलाई अझै परिपक्क बनाउँदैछु’

मंसिर २६, २०७५
‘यात्रा’को डबिङमा सलिनमान, भन्छन् –‘दोस्रो चलचित्रमा आफूलाई अझै परिपक्क बनाउँदैछु’

काठमाडौं– ‘ए मेरो हजुर २’ बाट उदाएका नायक हुन् सलिनमान बनियाँ । उनि हाल आफ्नो दोस्रो चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ को डबिङमा ब्यस्त छन् । 

डेब्यु चलचित्र मार्फत नै दर्शकमाझ नोटिस भएका सलिनमान दोस्रो चलचित्रमार्फत आफ्नो स्टारडम झनै बढाउने दाउमा छन् । प्रायः पब्लिक नहुने सलिनको फ्यान फलोइन पनि गज्जबकै छ । उनका गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिनमान यात्रामा भ्लगरको भूमिकामा छन् । चलचित्र नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 

चलचित्रमा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहनती छन्, उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले भने । ‘हामीले चलचित्रमा यात्राको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिश गरेका छौ’ निर्देशक शाक्य भन्छन –‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौ ।’ चलचित्रको डबिङ गरिरहेका सलिन पनि खुसी देखिन्छन् । ‘हामीले सोँचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ सलिनले भने,–‘चलचित्रको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा चलचित्र पनि हेरिरहेका छन् । ‘रमाइलो भईरहेको छ’ सलिन भन्छन,–‘दोस्रो चलचित्रमा आइपुग्दा आफूलाई अझै परिपक्क बनाउँदैछु ।’ 
सलिनले ‘यात्रा’पछि अन्य चलचित्रको लागि साइन गरिसकेका छैनन् । उनि आफूलाई सुहाउँदो रोल अफर आओस् भन्ने चाहन्छन । चलचित्र यात्रामा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम  पौडेल लगायतको अभिनय छ । 

यसै चलचित्रमार्फत मल्लिका महतले डेब्यू गर्दैछिन् भने चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्रको प्रस्तुतकर्ता केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ हुन । बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । 

चलचित्रको निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । संजय लामाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्