०६ असार २०८३, शनिबार

सडकमा पग्लेको चक्लेटको बाढी आएपछि...

मंसिर २६, २०७५
सडकमा पग्लेको चक्लेटको बाढी आएपछि...

काठमाडौं — जर्मनीको एक पश्चिमी शहरमा रहेको सडकमा चकलेट कारखानाबाट एक टन चकलेट बगेर सडकपेटीमा जमेको छ । 

जर्मन पत्रिका सोएस्टेर आन्जीगरले छापेको खबरअनुसार, कारखानाको भण्डारण ट्यांकमा सानो प्राविधिक त्रुटि आएपछि ड्राईमाइस्टर चकलेट कारखानाबाट चकलेट चुहिएको छ । 

चिसो सडकपेटीमा चकलेट आइपुगेपछि तत्कालै कडा भएको छ । 

चकलेट हटाउनका लागि २५ जना उद्धारकले टर्च बालेर शावेल र तातोपानी प्रयोग गरेका थिए । 

उद्धारकर्ताहरूले शावेलले चकलेट कोट्याएर निकालेका थिए । अनि कुनाकाप्चा र प्वालमा बाँकी रहेका चकलेट हटाउन उनीहरूले तातो पानी प्रयोग गरेका थिए । 

कम्पनीका मालिक मार्कस लकीले कारखाना बुधवारबाट नै सञ्चालनमा आउने बताए । क्रिसमस आउनेबेलामा यस्तो दुर्घटना भएको भए तहसनहसै हुने लकीले बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्