२३ असार २०८३, मंगलबार

वृद्ध महिलामाथि बलात्कारपछि हत्या प्रयास

मंसिर २६, २०७५
वृद्ध महिलामाथि बलात्कारपछि हत्या प्रयास
सा‌ंकेतिक तस्बिर

विदुर– केही दिनअघि मात्रै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ ।  

विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए । राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्ती करणीपछि ज्यान मार्ने प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा आज उजुरी दर्ता भएको छ ।

प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् । हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको जनाइएको छ । 

यता अभियुक्त नेपालीलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्