०८ असार २०८३, सोमबार

लाइसेन्स बनाइदिने भन्दै ६० हजारसम्म असुल्ने पक्राउ

मंसिर २६, २०७५
लाइसेन्स बनाइदिने भन्दै ६० हजारसम्म असुल्ने पक्राउ

कास्की–    सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

पक्राउ पर्नेमा  पर्वत मोदी गाउँपालिका २ देउपुरका २२ वर्षीय सरोज चपाई रहेका छन् । 

यातायत व्यावस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स फर्म भर्ने – ट्रायल दिने तथा लाईसेन्स निकाल्न समेत सहयोग गर्छौ भनि नक्कली यातायात भौचरमा पास गरेको  समेत पेज तथा गुप्रमा हालेर प्रलोभन देखाई  प्रतिव्यक्ति ४० हजार देखि ६० हजार रूपैयाँसम्म ठगी गर्ने गरेको सूचना प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्