०१ असार २०८३, सोमबार

जनतान्त्रिक तराई मुक्ति मोर्चाले बिसायो हतियार

मंसिर २७, २०७५
जनतान्त्रिक तराई मुक्ति मोर्चाले बिसायो हतियार

राजविराज –जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् ।

उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् ।

मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले मोर्चासँग भएको सहमती अनुसार सरकारवादी मुद्दा फिर्ता लिने, जेलमा रहेकाको रिहाई गर्ने, मधेशी युवाहरुलाई सेना÷प्रहरीमा भर्तीको अवसर मिलाउने, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका मागमा छलफल गरी सहमति तयार भएको जानकारी दिए । 

उनीहरुले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार वुझाएको उनले जानकारी दिए । 

मोर्चाका १५ जना केन्द्रिय सदस्यको वैठक वसेर सरकारसँग वार्ता गर्ने सहमति भएपनि संयोजक गोईतले वर्ता नगर्ने अडान लिएपछि आफूहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा वनाएको र सोही समुहमार्फत हतियार वुझाएको उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्