
काठमाडौ- सुनुवाईको पर्खाइमा कति मुद्दा होलान् ? अनुमान आआफ्नो हुनसक्छ । तर, तथ्यांक भन्छ– करिब १ लाख मुद्दा सुनुवाईका लागि पालो कुरिरहेका छन् ।
कानून शास्त्रमा ‘ढिलो न्याय दिनु न्याय नदिनु सरह हो’ भन्ने मान्यता छ । तर, नेपालमा सर्वोच्च अदालतसहित मातहतका अदालत र न्यायाधीकरणहरुमा वर्षौअघि दर्ता भएका मुद्दाहरु किनारा लाग्न सकेका छैनन् ।
सर्वोच्च अदालतको अर्थिक वर्ष ०७४ ०७५को वार्षिक प्रतिवेदन अनुसार न्यायालयमा किनारा लाग्न बाँकी मुद्दाको संख्या ९४ हजार ५ सय ३६ रहेको छ ।, कारोबारमा खबर छ ।