
काठमाडौँ– संवैधानिक परिषद्को बैठक सिंहदरबारमा जारी छ । यसअघि पटकपटक स्थगित भएको बैठक बिहान करिब दश बजे शुरु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण बैठक बस्न सकेको थिएन । बैठक लगातार चार पटकसम्म स्थगित भएको थियो ।
बैठकमा प्रधानन्यायाधीश सिफारिस मुख्य एजेण्डा छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ बाट सकिँदैछ । संवैधानिक परिषदले न्याय परिषदले पठाएको विवरण अनुसार वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चालेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।