०९ असार २०८३, मंगलबार

खतरनाक सिरियल किलर : ६५० कुमारीलाई मारेर रगतले नुहाउँथिन् यी महिलाले

मंसिर २७, २०७५
खतरनाक सिरियल किलर : ६५० कुमारीलाई मारेर रगतले नुहाउँथिन् यी महिलाले

काठमाडौं — संसारभरि अनेकौं खतरनाक सिरियल किलरहरूको कथा सुन्न पाइन्छ । त्यस्ता हत्याराहरूमा केही महिला पनि पर्थे । उनीहरूको नाम सुन्दा पनि मानिस डरले काँप्न थाल्थे ।

यस्तै एक महिला थिइन् एलिजाबेथ बाथरी । उनी कुमारी केटीहरूको रगतले नुहाउँथिन् । 

एलिजाबेथको कथा ४०० वर्ष पुरानो हो । उनी एकदमै हाईप्रोफाइल महिला थिइन् । हंगेरी साम्राज्यकी यी सिरियल किलरले सन् १५८५ देखि १६१० सम्म आफ्नो महलमा ६०० भन्दा बढी बालिकाको हत्या गरेकी थिइन् । 

एलिजाबेथलाई कुनै तान्त्रिकले कुमारी बालिकाको रगतले नुहाउँदा जवान रहिरहन सक्ने सल्लाह दिएको थियो । त्यसपछि चिरयौवनका लागि उनी हत्यारी भइन् । उनी कुमारीहरूको हत्या गरेर उनीहरूको रगतले नुहाउँथिन् । 

आफ्नो शिकारलाई उनी निकै तड्पाएर मार्थिन् । कुमारीहरूमाथि उनी निकै अत्याचार गर्थिन् । बालिकाहरूको संवेदनशील अंगलाई उनी डढाइदिन्थिन् । उनको अत्याचारी कर्ममा उनका कामदारले पनि साथ दिन्थे । 

सन् १६१० मा उनको कुकृत्य पर्दाफास भएपछि तत्कालीन राजाले उनलाई र उनका तीन नोकरलाई पक्राउ गर्ने आदेश दिएका थिए । 

उनको महलबाट अनेकौं बालिकाको कंकाल र सुनचाँदीको आभूषण बरामद गरिएको थियो । 

उनले प्रायः गाउँका गरीब बालिकालाई आफ्नो शिकार बनाउने गर्थिन् । 

उपन्यासकार ब्राम स्टोकरले उनकै जीवनमा आधारित रहेर ड्राकुला पुस्तक लेखेका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्