२५ जेठ २०८३, सोमबार

युएई र नेपालका मन्त्रीबीच मोरक्कोमा भेटवार्ता

मंसिर २७, २०७५
युएई र नेपालका मन्त्रीबीच मोरक्कोमा भेटवार्ता

काठमाडौं – संयुक्त अरब एमिरेटस् (युएई) को जनशक्ति मामिलामन्त्री नासेर बीन थानी अल हाम्लीले नेपालका मन्त्री गोकर्ण विष्ट, रुआण्डा र कम्बोडियाका श्रम मन्त्रीहरूसित श्रमिक आपूर्ति विषयमा सम्पर्क गरेका छन् ।

युएईको समाचार समिति ‘वाम’ले बुधवार प्रकाशित गरेको समाचार अनुसार मोरक्कोमा भएको एक संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा मन्त्री अल हाम्लीले चर्चित तीनवटै देशका श्रम मन्त्रीहरूसित बेग्लाबेग्लै कुराकानी गरेका थिए ।

वार्तापछि तीनवटै देशका मन्त्रीले युएईको श्रम बजारको प्रशंसा गर्दै सहमति पत्रमा हस्ताक्षर गर्ने इच्छा प्रकट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्