काठमाडौं – नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारबीच मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’का लागि आर्थिक तथा प्रवद्र्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित वंश आचार्य लगाएत अन्य कलाकारको उपस्थिति रहेको थियो ।
चलचित्र आगामी बैशाखमा रिलिज हुन गइरहेको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, वर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकार रहेका छन् र चलचित्रको निर्देशन शुदन केसीले गरेका छन् ।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप ‘मनोरञ्जनको मामलामा नो कम्प्रमाइज’ भन्दै शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो ।
जसबाट दुवै पक्षलाई एकआपसको प्रवद्र्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप बिहीवार शिवम् सिमेन्ट र मह सञ्चारबीच आगामी चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण केसीले शिवम् सिमेन्टजस्तो अग्रणी ब्राण्डको सहकार्य गरी चलचित्र निर्माण एवम् प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । यसरी विभिन्न ब्राण्डले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउँदै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरे ।
शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारासहित विभिन्न क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जनजस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
शिवम् सिमेन्ट नेपालभर नै ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ तथा ‘अटुट कम्प्रमाइज स्ट्रेन्थ प्लस’जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ, जस्तै ः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्ट इत्यादि ।
आईएसओ ९००१, आईएसओ १४००१, ओएचएसएएस १८००१, आईएसआई, यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।