०५ साउन २०८३, मंगलबार

विभिन्न प्रकारका १५ वटा वस्तुको गुणस्तर स्वीकृत

मंसिर २७, २०७५
विभिन्न प्रकारका १५ वटा वस्तुको गुणस्तर स्वीकृत

काठमाडौं– सरकारले १५ वटा वस्तुको गुणस्तर स्वीकृति गरेको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले तयार पारेको मापदन्डअनुसार विभिन्न १५ वस्तुको गुणस्तर स्वीकृति गरेको हो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवको अध्यक्षतामा बिहीबार बसेको विभागको बैठकले विभिन्न १५ वस्तुको गुणस्तर स्वीकृति गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनका अनुसार मोटर साइकलमा प्रयोग हुने हेल्मेट, ग्रीन कफी र विभिन्न प्लाष्टिकहरुको गरी पन्ध्र वस्तुको गुणस्तर स्वीकृति भएको हो ।

महानिर्देशक पुडासैनीले विभागले यसअघि नै बनाएको मापदण्दलाई बिहीबार मन्त्रीको अध्यक्षतामा  बसेकाे वैठकबाट स्वीकृति गरिएको बताए । त्यस्तै विभागका निर्देशक मणिराम भुसालले यसअघि विभागले बनाएको मादपण्ड बिहीबार स्वीृकति गरिएको बताए ।

उनले हेल्मेटको निर्माणका कस्ता वस्तुको प्रयोग गर्नु पर्ने, हेल्मेटको फिनिसिङमा कस्ता वस्तुको प्रयोग गर्ने लगायतका मापदण्ड विभागले तयार पारेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्