१६ असार २०८३, मंगलबार

पाल्पामा जीप दुर्घटना, ३ को मृत्यु, ७ घाइते

मंसिर २७, २०७५
पाल्पामा जीप दुर्घटना, ३ को मृत्यु, ७ घाइते

पाल्पा– बिहिबार राती पाल्पामा लु १ ज २६५३ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 
स्थानीय पूर्वखोला गाउँपालिकाबाट बहादुरपुरतर्फ जाँदै गरेको जीप आर्गीडाँडा ओडारेभीरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । 
दुर्घटना अन्य ७ जना घाइते भएका छन् ।  घाइते सात जनालाई उपचारका लागि तानसेन पठाइएको प्रहरीले जनाएको छ । 
 जीप सडकबाट करिब ५ सय मिटर तल भीरमा खसेको छ । मृततको सनाखत हुन बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्