०४ असार २०८३, बिहीबार

सडकमा यसरी चकलेट पोखिएपछि...

मंसिर २७, २०७५
सडकमा यसरी चकलेट पोखिएपछि...

जर्मनीको सडकमा चकलेटको कारण सडकको रंग नै बदलिएको छ ।

जर्मनीको वेस्टनेन सहरमा रहेको एक सडकमा चकलेट बोकेर हिँडेको एक ट्रकबाट तरल चकलेट लिक भएर सडकमा पोखिन पुगेको थियो । 

जाडो धेरै भएकाले हेर्दा हेर्दै पोखिएको तरल चकलेट जम्यो । यसले गर्दा बाटो नै बन्द गर्नुपर्यो । 

सडकमा चकलेट जमेर समस्या आएपछि पछि दकमल कर्मचारीलाई बोलाउनु परेको थियो । त्यसपछि आएका २५ दमकल कर्मचारीहरुले तातो पानी र साभेलको प्रयोग गरेर चकलेटलाई राजमार्गबाट हटाए ।  

जुन कारखानाको चकलेट पोखिएको थियो त्यसका कर्मचारीहरुले सरसफाईको कार्यमा सघाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्