२६ असार २०८३, शुक्रबार

मान्छेको मुटु भेटिएपछि बीचबाटै फर्काइयो विमान

मंसिर २८, २०७५
मान्छेको मुटु भेटिएपछि बीचबाटै फर्काइयो विमान

काठमाडौं — अमेरिकाको सियाटलबाट डाल्लास गइरहेको एक यात्रुवाहक विमानमा मानिसको मुटु भेटिएपछि उडानकै क्रममा सियाटल फर्काइएको छ । 

साउथवेस्ट एयरलाइन्सको विमानमा उक्त मुटु क्यालिफोर्नियाबाट सियाटल ल्याएको एयरलाइन्सले जानकारी दियो । क्यालिफोर्नियामा उक्त मुटुको भल्भ पछि प्रयोग गर्न मिल्ने गरी एउटा अस्पतालमा प्रोसेस गरेर राखिएको थियो । 

तर त्यसलाई कहिले पनि अनलोड गरिएन र विमान डाल्लास पुग्नका लागि आधाआधी बाटोमा पुग्दासम्म त्यसको अनुपस्थितिको जानकारी पाइएन । 

त्यो मुटु कुनै विशेष बिरामीका लागि राखिएको थिएन । 

आइतवार भएको यो घटनाका बारेमा बिहीवार मात्र सञ्चारमाध्यममा खबर आएका थिए । 

यात्रुहरूलाई क्याप्टेनले मुटुका बारेमा अनि किन विमान फर्काइएको हो भन्ने बारेमा बताउँदा उनीहरू स्तब्ध भएका थिए । 

केही यात्रुले मुटुलाई प्रत्यारोपणका लागि कति समयसम्म भण्डारण गर्न सकिन्छ भन्ने विषयमा थाहा पाउनका लागि स्मार्टफोनमा खोजी गरेका थिए । विज्ञहरूका अनुसार, चारदेखि ६ घन्टासम्म मात्र भण्डारण गर्न मिल्छ । 

घटना हुँदा विमान आकाशमा तीन घन्टा उडिसकेको थियो । 

उक्त विमानमा रहेका यात्रुमध्ये एकजना चिकित्सक थिए र उनले सियाटल टाइम्सलाई यो घटना चरम लापरवाहीको त्रासद कथा भएको बताए । 

विमान सियाटलमा फर्केपछि मुटुलाई डोनर स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्