२७ असार २०८३, शनिबार

कपिललाई विवाहको शुभकामना दिँदै सिद्धूले भने– कपिल अब जिउँदो शहीद !

मंसिर २८, २०७५
कपिललाई विवाहको शुभकामना दिँदै सिद्धूले भने– कपिल अब जिउँदो शहीद !

चर्चित हास्य कलातकार कपिल शर्माले १२ डिसेम्बरमा आफ्नी प्रेमीका गिन्नी चतरथसँग विवाह गरेका छन् ।

विवाहमा टिभी उद्योगका हस्तीहरुका साथ कपिल शर्माको शोका जज नवजोत सिंह सिद्धू पनि पुगेका थिए । सिद्धूले कपिलको विवाहको अवसारमा आफ्नो पारमा बधाइ दिएको तस्वीर सार्वजनिक गरेका छन् । 

सिद्धूले ट्वीटरमा नवविवाहिट कपिल र गिन्नीको साथमा रहेको तस्वीर सेयर गरेका छन् र लेखेका छन्, विवाह एक रोमान्स हो, जसमा हीरोको मृत्यु पहिलो च्याप्टरमा नै हुन्छ र अब तिम्रो नाम जिउँदो शहीदमा आउँनेछ ।’

कपिल तथा नवोजित सिंहले विभिन्न समयमा विवाहको कार्यक्रम बारे कमेडी शोमा प्रस्तुती दिएका छन् । लामो समयदेखि कपिल कुनै टेलिभिजन शोमा देखिएका छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्