२८ जेठ २०८३, बिहीबार

राप्रपाका चार शीर्ष नेताले एकैदिन एकैसाथ राष्ट्रिय एकता यात्रा प्रारम्भ गर्ने

कात्तिक २०, २०७४
राप्रपाका चार शीर्ष नेताले एकैदिन एकैसाथ राष्ट्रिय एकता यात्रा प्रारम्भ गर्ने
काठमाडौं, २२ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह अनुरुप पार्टी इकाई समायोजन निर्देशिका कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालय धुम्बराहीमामा कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारीहरुको पहिलो बैठकले स्थानीय तहको नयाँ संरचना अनुरुप पार्टी संरचना विस्तार गर्ने निर्णय गरेको हो । जसका लागि नंया संरचना अनुरुप गाउँपालिका वा नगरपालिका बनाउंदा पुरानो वडाहरु यथावत कायम रहेको अवस्थामा सो वडाको हाल विद्यमान वडासमितिलाई नै कायम गर्ने निर्णय गरिएको छ ।

त्यस्तै गाउँपालिका वा नगरपालिका बनाउंदा दुई वा दुई भन्दा बढि वडाहरु गाभिएको अवस्थामा पुरानो वडासमितिलाई टोल समितिमा परिणत गर्ने र गाभिएका वडा कार्यसमितिहरु मध्यबाट नंया संरचना अनुरुपको वडा समिति गठन गर्ने सहमति गरिएको छ ।

नयाँ संरचना अनुसार समितिहरु गठन गर्दा सहमतिको आधारमा गर्ने राप्रपाले निर्णय गरेको छ । समितिमा गठन वा समायोजन हुन नसके अर्को व्यवस्था नभएसम्म जिल्ला कार्यसमितिले तदर्थ समिति गठन निर्णय गरिएको छ ।

पार्टीको केन्द्रीय कार्य समितिले निर्णय गरे बमोजिमको स्थानीय तह निर्वाचन तयारी कार्ययोजना कार्यान्वयनमा लैजाने निर्णय बैठकले गरेको छ । जस अनुसार उमेदवार छनौट, प्रचार अभियान, वर्गिकरण, समिकरण र तालमेल, प्रशिक्षण, घोषणापत्र, उमेदवार सिफारिस लगायतका बिषयलाई कार्यतालिका बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकले कार्य समितिको बैठकले निर्णय गरे अनुरुप चैत्र ७ देखि १२ गतेसम्म राष्ट्रिय एकता यात्रा कार्यक्रम संचालन गर्नका लागि पार्टीका चार शिर्ष नेताहरु अध्यक्ष कमल थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पूर्व राष्ट्रिय अध्यक्षहरु पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा चार मुख्य ठाउँहरु गोरखा, कंचनपुर, झापा र काठमाण्डौबाट एकैदिन एकैसाथ एकता यात्रा प्रारम्भ गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्