
काठमाडौं — विश्व स्वास्थ्य संगठन र बालिबालिका सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग यूनिसेफको एक नयाँ प्रतिवेदनले समयअगावै जन्मेका लगभग तीन करोड बालबालिका मृत्युको मुखमा पुगेको र उनीहरूको रेखदेखका लागि विशेष व्यवस्था आवश्यक रहेको जनाएको छ ।
यूनिसेफका उपकार्यकारी निर्देशक उमर अब्दीले भने, ‘बालबालिका र आमाको कुरा आउँदा सही स्थानमा सही समयमा सही रेखदेखले निकै फरक पार्छ । हरेक वर्ष लाखौं साना र रोगी बालबालिका र महिला मरिरहेका छन् किनकि
उनीहरूले गुणस्तरीय रेखदेखको सुविधा पाएका छैनन् । त्यो सुविधा उनीहरूको अधिकार हो र यो हाम्रो सामूहिक जिम्मेवारी हो ।’
प्रतिवेदनको शीर्षक बाँचौं र बढौं ः हरेक साना र बिरामी नवजात शिशु रेखदेखमा सुधार हो । यसका अनुसार, समयअगावै जन्मेका बालबालिकामा अनेकौं समस्या आउँछन् र प्रसवका बेलामा मस्तिष्कमा समस्या आउँछ । गम्भीर
जीवाणु संक्रमण वा पहेंलो रोग जस्ता गम्भीर रोगका कारण मृत्यु वा अपांगताको जोखिम रहन्छ । यसबाहेक उनीहरूको परिवारमा आर्थिक र मनोवैज्ञानिक दबाबका कारण ज्ञान, भाषा र भावनात्मक विकासलाई प्रभावित पार्छ ।’
एजेन्सी