०८ असार २०८३, सोमबार

एकहत्तर वर्षको उमेरमा नागरिकता

मंसिर २८, २०७५
एकहत्तर वर्षको उमेरमा नागरिकता
प्रतिकात्मक तस्वीर

ओखलढुङ्गा – यहाँको रावादोलुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाएकी छन् ।

अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाएकी उनले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता पाएकी हुन् ।

गाउँमै शिविर आएपछि मैयाँले नागरिकता पाएको आफन्त डम्बरबहादुर खड्काले बताए । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता हस्तान्तरण गरेका थिए ।

उनीजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासीले खुशी भएका थिए ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५२७ नागरिकले सेवा लिएका छन् ।

शिविरमा १३४ ले नागरिकता लिएका र २१६ ले स्वास्थ्य जाँच गराएर औषधि लिएका छन् ।

यस्तै सात जना व्यवसायीले व्यवसाय दर्ता गराएका र मतदाता नामावलीमा १७० ले अभिलेख दर्ता गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्