०६ असार २०८३, शनिबार

कैलालीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

मंसिर २८, २०७५
कैलालीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी–कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । 

धनगढीस्थित पुरानो सडकमा से६प ५७८४ नं को मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार धनगढी उपमहानरपालिका–५ शिवनगरकी ४४ वर्षीया रुमला ऐडी मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । 
 छोरा मुकेशले चलाएको सो मोटरसाइकलको पाङ्ग्रामा रुमलाको सल बेरिएपछि दुर्घटना भएको हो । 

यस्तै गोदावरी नगरपालिका मगरटोलमा से१त ९६२९ नं को ट्रयाक्टरको ठक्करबाट स्थानीयवासी आठ वर्षीय जोगी साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्