१२ असार २०८३, शुक्रबार

चार गोरु काट्दै गरेको अवस्थामा दश जनालाई प्रहरीले समात्यो

मंसिर २८, २०७५
चार गोरु काट्दै गरेको अवस्थामा दश जनालाई प्रहरीले समात्यो

सुनसरी– सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चार गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्