
काठमाडौं– युवा पुस्तामा लोकप्रिय गायन रियालिटी सो को ग्राण्ड फिनाले अहिले जारी रहेको छ । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले जारी रहेको छ ।
फिनालेमा ४ प्रतिस्पर्धीका साथै कोच र अन्तिम ८ मा पुगेका थप ४ जना समेतको प्रस्तुति रहेको छ । यस्तै प्रमुख अतिथिको रुपमा चर्चित कलाकार धुर्मुस र सुन्तलीको सहभागिता रहेको छ भने कतारस्थित कार्यरत संघसंस्थाका साथै त्यहाँ कार्यरत श्रमिकहरुको पनि सहभागिता रहेको छ ।
आजको फिनालेबाट ४ प्रतिस्पर्धीमध्येबाट एक जना पहिलो भ्वाइस अफ नेपाल बन्नेछ ।
फिनालेको लागि नेपालबाट ६८ जनाको जम्बो टोली कतार पुगेको छ।
विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्न सफल भएको छ । द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन्।