१४ असार २०८३, आइतबार

सी.डी. विजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

मंसिर २९, २०७५
सी.डी. विजय अधिकारी बने पहिलो ‘द भ्वाइस अफ नेपाल’

काठमाडौं– युवा पुस्तामा लोकप्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सी.डी विजय अधिकारीले जितेका छन् । 

कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा द शुक्रबार मध्यरातमा सम्पन्न फिनालेबाट अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । चर्चित कलाकार सुन्तलीले अधिकारी पहिलो द भ्वाइस अफ नेपाल बनेको घोषणा गरिन् । सो अघि फिनालेमा पुगेका अधिकारीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । 

फिनालेमा कतारस्थित कार्यरत संघसंस्थाका साथै त्यहाँ कार्यरत श्रमिकहरुको पनि सहभागिता रहेको थियो । 

फिनालेको लागि नेपालबाट ६८ जनाको  जम्बो टोली कतार पुगेको थियो । 

विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो  ।

द भ्वाइस अफ नेपालको टाइटल विजेता अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाएका छन् । दर्शकले दिएको भोटको आधारमा उनी पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । 

कम भोट प्राप्त गरेका कारण सिर्जय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्यको पहिलो भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो । 
शोमा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिका रहेका थिए । आजको फिनालेमा अभया भने व्यक्तिगत कारण देखाउँदै अनुपस्थित रहिन् । 

salt training

कमेन्ट गर्नुहोस्