२२ असार २०८३, सोमबार
मदन भण्डारीको जन्मजयन्तीमा ओली

‘जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी गरेका थिएनौं, भ्रष्टाचार गर्‍यौ भन्ने झुटा प्रचार गरे’

असार १४, २०८३
काठमाडौं
‘जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी गरेका थिएनौं, भ्रष्टाचार गर्‍यौ भन्ने झुटा प्रचार गरे’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी नगरेको बताएका छन्। तर, वैधानिक सरकारलाई अवैध ढंगले विस्थापित गरिएको उनले गुनासो गरे।

मदन भण्डारीको ७५औँ जन्मदिनको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले आफूहरूले भ्रष्टाचार गरेको भनेर झुटा प्रचार गरेर आन्दोलन गरिएको बताएका हुन्।

‘वामपन्थी आन्दोलनलाई टार्गेट गरेर, लोकतन्त्रलाई सिद्ध्याउने गरी भदौ २३–२४ को प्रतिगामी षड्यन्त्र भयो। वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरियो। वैधानिक सरकार भंग गरेर अवैधानिक गर्न पाइँदैन,’ ओलीले भने।

ओलीले तत्कालीन सरकारले कुनै देशद्रोही काम नगरेको बताए। ‘जनता असन्तुष्ट हुनुपर्ने गरी कुनै बदमासी र नराम्रो काम गरेका थिएनौं। देश बर्बाद पारेका होइनौं, विकासको काम गरेका थियौं,’ ओलीले भने, ‘देशद्रोही काम गरेका थिएनौं, हामीले विकास गर्न नसकेर या अयोग्य भएर जनतामा असन्तुष्टि बढेको होइन। हामीले भ्रष्टाचार गर्‍यौ भनेर झुटा प्रचार गरेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्रहत्या गर्ने कामबाट विस्थापित गरे।’

salt training

कमेन्ट गर्नुहोस्