१८ असार २०८३, बिहीबार

दुर्घटनामा १८ को दु:खद निधन भएपछि नुवाकोट काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

मंसिर २९, २०७५
दुर्घटनामा १८ को दु:खद निधन भएपछि नुवाकोट काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

नुवाकोट । नुवाकोट मिनिट्रक दुर्घटनाका घाइतेको नाइटभिजन हेलिकप्टर प्रयोग गरी उद्धार गर्न कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्नवरनरसिंह केसीले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाका घाइतेको भाैगोलिक कठिनाइका कारण स्थलमार्गबाट उद्धार गर्दा थप समस्या अाउने भएकाले नाइटभिजन हेलिकप्टरको प्रयोग गर्न माग गरेका हुन । पछिल्लो  विवरण अनुसार घटनामा १८ को ज्यान गएको छ ।

उनले निकालेको विज्ञप्ति हेर्नुस् ।

विज्ञप्ति !
नुवाकोटको रामतीबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको मिनीट्रक शुक्रबार साँझ दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुन पुगेको छ । करिब ४५ जना यात्रु बोकेको मिनीट्रक सडकबाट ३०० मिटर तल खस्दा हराइरहेकामध्ये अहिलेसम्म कम्तीमा १६ जनाको शव भेटिएको छ । बाँचेका पनि सबै यात्रु शख्त घाइते छन् । कैयौँ यात्रु भिरमा हराइरहेका कारण मृतक र घाइतेकाे सङ्ख्या अझै बढ्न सक्ने अवस्था छ । विपद्को यस घडीमा तुरुन्त घटनास्थलमा पुगी उद्धार कार्यमा संलग्न हुन पार्टीका सबै स्थानीय साथीहरूलाई नेपाली कांग्रेस नुवाकोट हार्दिक अाग्रह गर्दछ । साथै, सुरक्षा र प्रकोप व्यवस्थापनका सबै संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्य अघि बढाउने जिल्लास्तरबाट प्रयत्न भइरहेको भएपनि भौगोलिक विकटताका कारण स्थल मार्गबाट घाइतेहरूको उद्धार प्रभावकारी नहुने भएकाले नाइटभिजन हेलिकोप्टर प्रयोग गरी घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पुर्याउन र निःशुल्क उपचारको प्रबन्ध गर्न र, मृतकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दछौं । दुःखको यस घडीमा मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र अाफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
जगदीश्वरनरसिंह केसी
सभापति
नेपाली कांग्रेस, नुवाकोट

salt training

कमेन्ट गर्नुहोस्