२४ जेठ २०८३, आइतबार

शिवम् सिमेन्टद्वारा प्राविधिकसहितको निःशूल्क भ्यान सेवाको सुरुवात

कात्तिक २०, २०७४
शिवम् सिमेन्टद्वारा प्राविधिकसहितको निःशूल्क भ्यान सेवाको सुरुवात

लोकान्तर संवाददाता
काठमाडौं, १३ मंसिर –मुलुककै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले सिमेन्ट लगायतका निर्माण सामग्रीको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान उपलब्ध गराउने उद्देश्यले प्राविधिक सेवा विभाग गठन गरेको छ ।

shivam-1
सेवा सुरू गरेसँगै अब ग्राहक तथा आम उपभोक्ताले सिमेन्ट लगायतका निर्माण सामग्रीहरूको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान नि :शूल्क रूपमा निर्माणस्थलमै गई अवलोकन गर्न सक्नेछन् । उपभोक्ताको प्रत्यक्ष सहभागीतामा कम्पनीले उत्पादनको परीक्षण गरी सोको रिपोर्ट सेवाका साथमा निर्माण कार्यमा समेत सहयोग पु-याउने छ ।

प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३ दशकभन्दा बढी अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु रहेका कम्पनीले जनाएको छ ।

निःशूल्क टोल फ्रि नम्बरमा फोन गरी सेवा लिन चाहनेहरूका लागि समेत प्राविधिक टिमले निर्माणस्थलभै पुगी सल्लाह, सुझाव र प्राविधिक जानकारी दिनेछ ।

shivam-2
प्राविधिक टिमलाई चुस्त सेवा प्रदान गर्न मद्दत मिल्ने गरी ‘कम्प्रिहेन्सिव स्ट्रेन्थ टेस्टिङ मेसिन’ जडित प्राविधिक भ्यानको नि :शूल्क सेवासमेत सुभारम्भ गरिएको छ । यो सेवा नेपालभर निःशूल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

नेपालमा यस्तो सेवा सुरू गर्ने आफू पहिलो कम्पनी भएको उद्योगको दावी छ ।

कम्पनीले शिवम ब्राण्डको ओपिसि सिमेन्ट उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ ।
यस्तो छ कम्पनीले प्रदान गर्ने ग्राहकमैत्री सेवा :

–निर्माणस्थलमै कंक्रिटको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ जाँच गरी शिवम् सिमेन्टको गुणस्तर प्रस्तुत गर्ने

–कंक्रिटलाई प्रयोगमा ल्याउन उपयुक्त बनाउन स्लम्पको परीक्षण गर्ने र कंक्रिटको मजबुतीमा प्रत्यक्ष असर पार्ने पानी र सिमेन्टको अनुपात निर्धारण गर्न सिकाउने

–निर्माणस्थलमै ग्राहकलाई स्ल्याबको कास्टिङ्ग, कोलम, प्लास्टरिङ्ग, मेशन रिवर्क तथा अन्य निमार्ण कार्यमा सहयोग प्रदान गर्ने

–आवश्यक अन्य प्राविधिक सहयोग प्रदान गर्ने

salt training

कमेन्ट गर्नुहोस्